Logo

मधेशी समुदायले अष्ट्रेलियामा भव्यताका साथ होली मनाउने



अष्ट्रेलिया : अष्ट्रेलिया स्थित मधेशी तथा तराईबासीहरुकाे संगठन एसाेसिएसन अफ तराई नेपाल ईन अष्ट्रेलिया एन्टाले याे वर्षकाे हाेली भव्यताकाे साथ मनाउने तयारी गरेकाे छ । विगत ८ वर्ष देखि लगातार सिड्निमा हाेली मनाउदै अाए पनि गत वर्ष एन्टाले हाेली मनाएकाे थिएन । गत वर्ष अधिकारकाे लागि भईरहेकाे मधेश अान्दाेलनमा सहादत प्राप्त गरेका शहिदहरु प्रति शाेक व्यक्त गर्दै एन्टाले २०७३ सालकाे हाेली मनाएकाे थिएन । याे वर्षकाे हाेली भने फाल्गुन १२ गते शनिवार सिड्निकाे टेम्पे स्थित केन्द्रिक पार्कमा भव्यताका साथ मनाउने एन्टाका अध्यक्ष अरुण ठाकुरले बताउनु भयाे । एन्टाका उपाध्यक्ष रंजित साहका अनुसार सिड्निमा एन्टाले परम्परागत र पृथक तरिकाले हाेली मनाउने भएकाेले यसमा नेपाली मात्र नभएर भारतिय, वंगलादेशी र श्रीलंकन समुदायकाे व्यक्तित्वहरुकाे पनि उल्लेख्य उपस्थिति रहने गरेकाे छ । हाेलीकाे विशेष परिकारहरु मालपुवा, दालपुरी, सेलराेटि, खसीकाे मासु, अालुकाे अचार मधेशकाे परम्परागत तरिकाले पकाईने भएकाेले पनि सबै नेपालीहरुकाे लागि एन्टाकाे हाेली विशेष हुने गरेकाे एन्टाका निवर्तमान अध्यक्ष सुवान्स साहले जनाउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्