Logo

लघु वित्तबाट ऋण लिएर स्थानीय महिला आम्दानी बढाउँदै



इमाडोल, १० फागुन । इमाडोलमा रहेको लक्ष्मी लघुवित्त बैंकले हाल सम्म ५५ वटा शाखाहरु विस्तार गरेका छन् । खास गरी साना तथा मझौला व्यवसायी गर्ने महिलाहरुलाई ऋण दिदैं आएको छ । यस बैंकले सुरुमा १ लाख देखि ३ लाख सम्म बिना धितो कर्जा दिने गरेका छन् । कर्जा लिएका व्यवसायीहरुले कर्जा लिएपछि १० किस्ता, १५ किस्ता र १८ किस्ता करी कर्जा चुक्ता गर्ने नियम रहेको छ । व्यवसायीहरुले ऋण लिदाँ १८ प्रतिशत ब्याज तिर्ने गरेका छन् ।
बैंकले महिलाहरुको समुह बनाएर ऋण दिने गरेका छन् । एक समुहमा कम्तीमा २० महिला रहेको हुन्छ । कुनै पनि व्यसायीहरुले बैंकबाट ऋण लिने बखत आफन्तले हस्ताक्षर गरी ऋण तिर्ने जिम्मा लिनु पर्ने व्यवस्था रहेको छ ।
बैंक बाट ऋण लिएर महिलाहरुले मनग्य आम्दानी समेत गरेका छन् । सोही बैंकबाट ऋण लिएर स्थानीय महिला इन्दु भुसाल निकै खुशी छिन् । उनले सो बैंकबाट २ लाख ऋण लिएर गाँई, भैसी खरिद गरेकी छिन् । उनले गाँई र भैसीबाट दुग्ध उत्पादन गरी बेचेर राम्रै आम्दानी र बचत समेत गरेकी छिन् । उनलाई बैंकबाट लिएको ऋण तिर्न कुनै पनि समस्या छैन । दुध बेचेर उनले आफनो घर परिवार र बैंकको ऋण समेत तिरेकी छिन् । लक्ष्मी लघु वित्तले स्थानीय महिलालाई आर्थिक रुपमा अगाडि बढ्ने पे्ररणा समेत दिदैं आएका छन् ।

अन्जना विसुन्खे (प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया दिनुहोस्