Logo

मिहनेतको फलः इनार र ट्वाइलेटको रिङ्ग बनाएर लाखौं आम्दानी



अन्जना विसुन्के (प्रशिक्षार्थी पत्रकार)
वैदेशीक रोजगारीमा ८ वर्ष बिताएका झापाका नारायण राजवंशी स्वदेशमै घर परिवारसँग वसेर केही काम गर्ने सोचका साथ आएका थिए । घर फर्केपछि के गर्ने भन्ने अन्योलमा थिए, राम्रो कमाइ नभएको कारणले गर्दा आफ्नै देशमा केही गर्र्ने भनेर एक सपना बोकेर काठमाण्डौ आएका थिए उनी । अहिले १ छोरा श्रीमतीका साथ काठमाडौ साह्रखुट्टेमा विगत १० वर्ष देखि इनार र ट्वाइलेटको रिङ बनाउने व्यवसाय गर्दै आएका छन् । उनले भने, ‘अहिले विदेशको भन्दा बढी आम्दानी आफ्नै देशमा वसेर गरिरहेको छु ।’ १० वर्ष देखि व्यवसायिक इनार र ट्वाइलेटको रिङ बनाउन थालेका नारायण मासिक ६० हजार भन्दा बढी वचत गर्छन । ५ जनालाई रोजागरी दिएका छन् मलेसियामा काम गर्दा महिनामा मुस्किलले ३० हजार रुपैंया वचत हुने, उनले भने, स्वदेश मै पसिना बगाउन सके आम्दानी राम्रो हुने बताए, अहिले आफ्नो पुुरै समय रिङ बनाउने काममा व्यस्त छु, नारायणले भने, अर्काको देशमा दैनिक १२ घण्टा काम गरेर नकमाएको पैसा अहिले स्वदेशमै बसीबसी कमाउन थालेको छु ।

अहिले उनले काठमाण्डौमा विभिन्न स्थानहरुमा समेत आफ्नो शाखा विस्तार गरि सकेका छन् । नारायण दिनमा ३० वटा रिङ बनाउने गर्छन्, रिङको उचाई ६ इन्च, ११ इन्च र सानो ठूलो गोलो आकार भएको रिङ उनले तयार गर्दछन् । रिङको कामगर्ने सिजन आठ महिना सम्म हुन्छ । असार, साउन, भदौ र असोजमा काम हुंदैन यो समय पानी पर्ने भएकोले इनार खन्ने गर्दैनन् र ती चार महिनामा रिङ बनाएर स्टक राख्ने उनले बताए । नारायण इनार बनाउने र सफागर्ने काम पनि गर्ने गरेका छन् । यो काम बढी काठमाण्डौमा चल्ने र फाइदा हुने पनि बताए, किनभने काठमाण्डौमा पानीको अभाव भएको कारणले गर्दा घरै पिच्छे इनार चाहिन्छ, उनको भनाई थियो । २ रोपनी जमिनलाई तारबार गरी पूर्वाधार बनाएका छन् ।
आठ बर्ष विदेश बस्दा धेरै घण्टा खट्नु पर्ने रोग विरामी पर्दाखेरी पनि काम गर्नु पर्ने र साहुले गाली गरेको पिडा सम्झेर उनले काठमाण्डौमा रिङ व्यवसाय सुरु गरेका थिए । सुरु सुरुमा त उनलाई जग्गाको भाडा पनि तिर्न कठिन हुन थाल्यो भर्खर भर्खर रिङको काम थालेकाले उनलाई रिङको अर्डर चाहे जति नआए पछि भाडा तिर्न पर्ने उता घरपरिवार पाल्नु पर्ने, बच्चाको पढाई खर्च फेरि खान पनि धाउ धाउ भएको थियो । व्यवसाय पनि नचल्ने भएपछि हार खाई सकेका उनले मनमा सोचे अब फेरि पनि म विदेश नै जान्छु उता नै ५–६ वर्ष वस्छु योजना बनाउन थाले । “भनिन्छ नी कुनै पनि पनि सफल हुनुमा श्रीमतिको ठुलो हात हुन्छ” उनको जिवनमा पनि त्यस्तै भयो, व्यवसायी बाट हार खाई सकेका उनलाई श्रीमतिले उत्साहपूर्वक सम्झाइन, सान्त्वना दिइन, त्यसपछि नारयाणको मुड फेरि चेन्ज भयो र नेपालमा बस्ने निधो गरी पुनः व्यवसायीलाई अगाडि बढाउने निर्णय गरे जुन कार्यमा साथी भाइहरुले पनि सहयोग गरेका थिए ।

अहिले नारायण राजवंशीको व्यवसाय फस्टाएको छ । उनलाई सबैले चिन्छन र इनार बनाउन वरिपरी सबैले बोलाउने र टाढा टाढा बाट पनि फोन गरेर बोलाउछन् । उनले कर्मचारी खर्च, बालुवा, सिमेन्ट, तार, टिट्टि जग्गा भाडा पढाइ खर्च कटाएर ६० हजार चोखो बचत हुने गरेको बताए । उनी अहिले पछुतो गर्छन मैले यत्रौ बर्ष विदेशमा वसेर समयमै व्यवसायिक रिङ उत्पादन लगानी गरेको भए धेरै प्रगती गरी सक्थे ं । नारायण अहिले मिनहेत अनुसारको प्रतिफल पाउंदा निकै सन्तुष्ट र खुशी छन् । सानो लगानीले पनि रिङबाट राम्रो आम्दानी गर्न सकिने उनको विश्वास छ । अहिलेका युवाहरु वैदेशिक रोजगारको लागि विदेशीने क्रममा बढदो रुपमा छ । नेपालमा सानो लगानीले पनि आम्दानी गर्न सकिन्छ । काम भनेको कहिले पनि सानो र ठूलो हुंदैन, हुन्छ त केवल आफ्नो सोंच यसलाई बदल्नु पर्छ, उनको तर्क थियो । आफ्नै घर, परिवार र समाजसँग बसेर आम्दानी गर्न छाडेर अर्काको देशमा पसिना बगाउन जानु राम्रो होइन भन्दै हामी सँगको बसाईलाई बिट मारे ।

प्रतिक्रिया दिनुहोस्