Logo

MAA द्धारा विमान दुर्घटना प्रति दुःख प्रकट (विज्ञप्ती सहित)



काठमाडौं, २९ फागुन । अमेरिका रहेका मधेशी समुदायको छाता सगठन मधेशी एसोसिएसन इन अमेरिमा (मा)ले हिजो भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएको प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिमा (मा) अध्यक्ष सुनिल साह द्धारा जारी गरिएको विज्ञप्ती मृतक परिवार प्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
विज्ञप्तीमा तत्काल नेपाल सरकारले यो दुर्घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् । भविष्यमा यस्तो दुर्घटना पुनः हुन नदिन सबै पक्ष सचेत हुनु पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्