Logo

काभ्रे समाजद्धारा पत्रकार गिरि र दाहाल युएईमा सम्मानित ।



काठमाडौं २०,चैत्र । नेपाल देखि युएई भ्रमणमा आएका नेपाल टेलिभिजनका पत्रकार तथा अर्थ रोजगार राष्ट्रिय मासिकका कार्यकारी सम्पादक सुमन गिरि र प्रमुख ब्यबस्थापक फणिन्द्र दाहाललाई १ अप्रील २०१८ का दिन काभ्रे सेवा समाज युएईले एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ ।

बैदेशिक रोजगार सम्बन्धि भेटघाट तथा अन्तरक्रिया गरि युएईमा कार्यरत नेपालीहरुले भोगिरहेका बिबिध समस्या बारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा काभ्रे सेवा समाजका अध्यक्ष दिल लामा, उपाध्यक्ष गोबिन्द पन्त, युएईमा कार्यरत गायिका तथा मोडल सन्ध्या सुस्केरा लगायत थुप्रै काभ्रेली दाजुभाइ दिदिबहिनीहरुको उपस्थिती रहेको थियो ।

युएईको दुबई स्थित एक नेपाली रेस्टुरेन्टको हलमा आयोजना गरिएको कार्यक्रममा उपस्थित सबैको समस्या बारे एक डकुमेन्ट्री तयार गरेर नेपाल टेलिभिजन मार्फत प्रशारण गरिने पत्रकार गिरि र दाहालले जानकारी गराएका थिए ।

साझ ७ बजे देखि १० बजे सम्म आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित सबैको एउटै गुनासो घरेलु कामदारको श्रम स्वीकृती र भिजिट भिसा दलाली कारणको छिटो ब्यबस्थापन होस भन्ने रहेको थियो । कार्यक्रममा बोल्दै विशेष अतिथी पत्रकार गिरि र दाहालले काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रमको प्रसंशा गर्दै वैदेशिक रोजगारमा रहेका बिकृती र बिसङ्गति विरुद्ध आफ्नो ठाउबाट सक्दो आवज उठाउने बताएको थिए ।

कार्यक्रमको अन्तमा उपस्थित सबैलाई धन्यवाद दिदै समाजका अध्यक्ष दिल लामाले नेपाल देखि आएका अतिथिहरुलाई सम्मान पत्रको साथमा खादा ओडाएर सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्