Logo

एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न



काठमाडौं २४,चैत्र । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा शुक्रबार सालिमारा रेष्टुरेन्टको हलमा उक्त कार्यशाला सम्पन्न भएको थियो ।

परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रकाश पारेका थिए ।

सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनमा क्रान्ति सिहं, विल गुरुङ र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत संघमा आवद्द कतारका प्रतिनीधहरुको साथै कतारका वैचारिक, जातीय र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दीएका थिए ।

कार्यक्रम परिषद् कतारका महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालन,उपसयोजक नारायण भन्डारिले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्