आएपीएलको शीर्षस्थानमा सनराइजर्स हैदराबाद, बेंग्लोर र राजस्थान भिड्दै

काठमाडौं २ बैशाख । इन्डियन प्रीमियर लीग (आइपीएल)को ११ औं संस्करण अन्तर्गत आइतबार दुईवटा खेल हुदैछन् । अपरान्ह ४ बजे हुने पहिलो खेलमा बेंग्लोर र राजस्थान भिड्दै छन् भने राति सवा ८ बजेपछि सुरु हुने दोस्रो खेलमा चेन्नई र पञ्जाव भिड्दै छन् ।

शनिबार भएको खेलमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ । कलकातामा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई पाँच विकेटले हराउँदै हैदराबादले तेस्रो जित निकालेको हो ।

घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य हैदराबादले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । हैदराबादको जितमा केन विलियम्सनले ५०, सकिव अल हसनले २७ र ऋद्दिमन सा ले २४ रन बनाए ।

जितसँगै अहिलेसम्म खेलेका तीनवटै खेल जितेको हैदराबाद अंक तालिकाको शीर्ष स्थानमा छ । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो । कोलकाताका क्रिस लायनले ४९ र दिनेश कार्तिकले २९ रन बनाएका थिए ।

अर्को खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। नेपालका युवा स्पनिरन सन्दीप लामिछाने आवद्ध दिल्लीको यो पहिलो जित हो। यसअघि दिल्ली लगातार २ खेलमा पराजित भएको थियो। सुरुवाती तीनै खेलमा सन्दीपले भने मौका पाउन सकेनन्। मुम्बई भने लगातार तेस्रो खेलमा पराजित भयो।

मुम्बईले दिएको १ सय ९५ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेटको क्षतिमा पार गर्योग। दिल्लीको जितमा ओपनर जासन रोएले नटआउट ९१ रन जोडे। उनले ५३ बलमा समान ६–६ चौका र छक्का प्रहार गरे। रिशव पन्तले २५ बलमा ४७ र श्रेयर एयर नटआउट २७ रन बटुले।