Logo

ह्वात्तै बढ्यो सुनको मूल्य



काठमाडौं ३,बैशाख । सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

आइतबार सुनको मूल्य ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार बढेर सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्यमा पाँच रुपैयाँ बढेको छ ।

आइतबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार भने बढेर ७ सय ५५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्