१२ बजेको अपडेटः नेप्से परिसूचक १२.२० प्रतिशत अंकले बढ्यो

काठमाडौं ३,बैशाख । सोमवार नेप्से परिसूचक १ हजार २ सय ९२ दशमलव ३५ विन्दुमा पुगेको छ । बिहानैदेखि उकालो लागेको बजार १ घण्टाको व्यापारमा शून्य दशमलव ९५ प्रतिशत अर्थात् १२ दशमलव २० अङ्क बढेको हो ।

यस व्यापार अवधिमा १ सय ५ कम्पनीको ८ सय ६२ पटकको व्यापारमा रू। ६ करोड ७८ लाख बराबरको शेयर कारोबार भएको हो । अन्य समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र बजार उकालो लागेको हो ।

बीमा समूहको परिसूचक २ दशमलव ७४ प्रतिशत र लघुवित्तको १ दशमलव २४ प्रतिशत बढेको छ ।

साथै, बैंप समूहको परिसूचक शून्य दशमलव ७१ प्रतिशत, जलविद्युतको शून्य दशमलव ९३ होटलको शून्य दशमलव शून्य ३८ र विकास बैङ्कको शून्य दशमलव ८९ प्रतिशत बढेको हो । अन्य समूह भने शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ ।