२ बजेको अपडेटः फेरि बढ्यो १.६७ प्रतिशतले नेप्से परिसूचक

काठमाडौं ३,बैशाख । सोमबार नेप्से परिसूचक १ दशमलव ६७ प्रतिशत बढेको छ । ३ घण्टाको व्यापारमा परिसूचक २१ दशमलव ३२ अङ्कले बढेर १ हजार ३ सय १ दशमलव ४७ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ५७ कम्पनीको ४ हजार ३ सय ७७ पटकको व्यापारमा रू। ३६ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको हो । ‘अन्य’ समूह बाहेक सबै समूहको परिसूचक बढेपछि समग्र शेयर बजार उकालो लागेको हो ।

लघुवित्त कम्पनी समूहको परिसूचक ५ दशमलव १७ प्रतिशत, बीमाको ४ दशमलव ६६ प्रतिशत, होटल समूहको परिसूचक २ दशमलव ९९ प्रतिशत र जलविद्युतको २ दशमलव शून्य ८ प्रतिशत बढेको छ । साथै, विकास बैङ्कको शून्य दशमलव ९९ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ९६ प्रतिशत, बैङ्किङको शून्य दशमलव ९ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव २१ प्रतिशत बढेको हो । ‘अन्य’ समूहको परिसूचक भने शून्य दशमलव ३५ प्रतिशत घटेको छ ।