Logo

कालिगण्डकीमा बेपत्ता दुई मध्ये एक मृत फेला



काठमाडौं ३,बैशाख । नयाँ वर्ष मनाउन रानीघाट गएका बेला कालिगण्डकी नदिमा पौडी खेल्दा बेपत्ता भएका दुई मध्ये एक युवा मृत फेला परेका छन ।

रिब्दिकोट गाउँपालिका–३, हार्थोकका आयुश खनालको शव भेटिएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्दा हराएका अर्का १८ वर्षीय संगम कार्की भने अझै बेपत्ता छन् ।
शनिवार नयाँ वर्ष मनाउन साथिहरुसँग गएका उनीहरु कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा दिउँसो बेपत्ता भएका थिए । बेपत्ता कार्कीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्