रूस र अमेरिका अन्तरिक्ष युद्धको तयारीमा

काठमाडौं ३,बैशाख । सिरियामा अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायतले आक्रमण गरेपछि विश्वभर तेस्रो विश्वयुद्धको खतरा बढेको छ । संयुक्त राष्ट्रका महासचिवले यसलाई अर्को शीतयुद्धको संज्ञा दिएका छन् । सिरियामाथि आक्रमणपछि विश्व दुई भागमा विभाजित भएको छ । रूस र अमेरिकाबीच तनाव बढेको छ ।

स्थलगत युद्धबाट त कुनै पनि परमाणु सम्पन्न देशमाथि विजय प्राप्त गर्न असम्भव छ। त्यसैले विश्वका महाशक्ति राष्ट्र अन्तरिक्षयुद्ध ( स्पेस वार) को लडाईका तयारीमा जुटेका छन् । ती देशहरुलाई जानकारी छ की अहिले कुनैपनि देशको नक्सा पनि सेटलाइटमार्फत खोजिन्छ । त्यसैले कुनै पनि देशको अन्तरिक्षलाई निप्रवाह वा नियन्त्रणमा लिए उ आत्मसमर्पण गर्न बाध्य हुन्छ । सिरिया आक्रमणको बाहानामा विभिन्न देशले अहिले स्पेस वारको तयारीमा जुटेका आशंका जानकारहरु बताउँछन् ।
यसै सन्दर्भमा प्रस्तुत छ एक रिर्पोटः

ठूलो चिन्ता

६ मार्च २०१८ मा अमेरिकी सुरक्षा एजेन्सीका निर्देशक लेफ्टीनेन्ट जनरल रोबर्ट पीएस् जूनियरले अमेरिकी सीनेट आम्र्ड सर्विसेज कमिटिमा रूस र चीनले त्यस्ता हतियार विकास गरिरहेका छन् जुन अन्तरिक्षयुद्धका लागि प्रयोग गर्न सकिने छ भनि बयान दिएका छन् । तर यस्ता हतियार बनाउन अमेरिकाले यसअघि नै शुरु गरिसकेको बताइन्छ ।


१९७० मा क्यालिफोर्नियादेखि लारेस लिवरमोर नेशनल लैबोरेटरीले यस परियोजनामा काम गरिरहेको छ । जसको प्रमुख उद्देश्य अन्तरिक्षमा परमाणु विस्फोट गराउनु थियो । लेजर र एक्सरेजद्वारा कयौं परमाणु एकैसाथ ध्वष्त गराउन सक्ने प्रविधिको अरु व्यापक बनाउदै सेटेलाइटसम्म निशाना बन्न सक्ने बताइन्छ ।

भूउपग्रह ह्याकिङ

यदि यस्तो भयो भने यो अन्तरिक्षमा पहिला लडाई हुने छ । सन द्द००७ र ०८ देखि सेटलाइट ह्याकिङको समस्या शुरु भएको हो । तर त्यसमा खासै ठूलो क्षति भने भएन । यदि फायर थ्रस्टर्सलाई सञ्चालन गरेर सेटलाइटको कक्षमा घुमाएमा भने क्षति पुर्याउने सकिन्छ । युरोपीयन स्पेस एजेन्सी ‘क्वांटम’ इनक्रिप्शन प्रविधिमा काम गरिरहेका छ जसले सेटलाइटलाई ह्याक हुनबाट बचाउछ ।

भूउपग्रह नासक क्षेप्यास्त्र
अमेरिका, रूस र चीनले आफ्नो उपग्रह नासक क्षेप्यास्त्रको क्षमता प्रदर्शन गरिसकेका छन् । जसको सहायताले अन्तरिक्षमा मौजूद कुनैपनि उपग्रहलाई जमीनबाट क्षेप्यास्त्र प्रहार गरेर नष्ट गरिदिन सक्छन् । अमेरिकाले त कुनैपनि यानलाई पृथ्वीमा खसाल्ने बारेमा त्यति बेला अनुसन्धान शुरु गरेको हो जतिबेला रुसले १९५७ मा आफ्नो पहिलो उपग्रह स्पुतनिक १ अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।

रुप पनि पछि परेन र १९६० मा इस्त्रेबिटेल स्पुतनिक (लडाकू उपग्रह) प्रक्षेपण गर्यो । यो यस्तो प्रविधिमा बनाइएको थियो जुन अर्को उपग्रह नजिक गएर विष्फोट हुन्थ्यो र दोस्रोलाई पनि नष्ट गर्न सक्थ्यो । सन २०१५ मा रसियाले एन्टी सेटलाइट मिसाइलको परीक्षण गर्यो । सन २००७ मा चीनले यस्तो परीक्षण गरेको थियो । त्यस्तै अमेरिकाले विफल भएर पृथ्वीमा खस्दै गरेको जासूसी उपग्रहलाई मिसाइल प्रहार गरेर नष्ट गरेको थियो ।

भूउपग्रहद्वारा आक्रमण
अन्तरिक्ष विशेषज्ञहरुले पनि उक्त सम्भावनालाई नकारेका छैनन् । जतिवेला एउटा भूउपग्रह कुनै मिशनका साथ अन्तरिक्षमा पठाइन्छ । त्यतिबेला उसले गएर लक्षित उपग्रहलाई क्षति पुर्याओस् । यधपी यस्तो गर्दा उपग्रहमा पनि क्षति हुने सम्भावना भने रहिरहेन उनीहरुको भनाइ छ ।

तर यसलाई आधुनिक प्रविधिबाट धेरै सुसज्जित गर्नु पर्ने हुन्छ । एक किसिमले यो अन्तरिक्षमा रोवाटहरुको लडाइ जस्तै देखिने छ । यो दिवा सपना मात्रै होइन । यस्ता खालका अभियान विश्वका धेरै देशमा गोप्यरुपमा चलिरहेको बताइन्छ । बीबीसी