Logo

१२ बजेको अपडेटः कारोबार सुरु भएको एकघण्टामा १२ अंकले बढ्यो नेप्से



काठमाडौं, २० बैशाख । साताको पाँचौ दिन बिहीबार नेप्से कारोबार भएको पहिलो एकघण्टाको अवधिमा १२ दशमलव शून्य ४ अङ्कले बढेर १ हजार ३ सय ७२ दशमलव ४२ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । कारोबार भएका १ सय २२ कम्पनीको रू. १३ करोड बराबरको शेयर कारोबार भएको छ ।

कारोबार भएका ८ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । राष्ट्रिय बीमा कम्पनीको संस्थापक तर्फको शेयर प्रतिकित्ता रू। १२ हजार ४ सय ५० मा रू। १ करोड ३३ लाख बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्