Logo

सुनको मूल्य महँगियो, कति छ आजको मूल्य ?



काठमाडौं,२१ बैशाख । साताको अन्तिम शुक्रबार सुनको मूल्य दुई सयले बढेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्