Logo

हावाहुरी र असिनाले करौडौको बालि नोक्सान



काठमाडौं,२४ बैशाख ।  पूर्वी चितवनमा आइतबार साँझको हावाहुरी र असिनाले करोडौंको केरा नोक्सान गरेको छ । केरा खेतीमा भएको यो नोक्सानी अहिलेसम्मकै ठूलो भएको केरा व्यवसायीले बताएका छन् ।चितवनमा आइतबार साँझ आएको हावाहुरी र असिनाले क्षति पुऱ्याएका केराका बोट । तस्बिर सौजन्य : विष्णुहरि पन्त

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले अघिल्ला वर्षहरुमा हावाहुरीले पाँच करोडको हाराहारीमा नोक्सान हुने गरेकोमा अहिले त्यो भन्दा दोब्बर क्षति भएको बताए।
‘पुर्वी चितवनको पदमपुर, जुटपानी, पिठवा चैनपुर क्षेत्रमा १५ सय विघामा केरा खेती छ। आइतबार साँझको हावाहुरीले धेरै बोट लडाएको छ। सद्दे बोटको पात र फल असिनाले चुटेर पुरै नोक्सान गरेको छ,’ अध्यक्ष पन्तले भने, ‘क्षतिको विवरण संकलन भइरहेको छ। अहिलेसम्म १० करोड हाराहारीको क्षति भएको छ।’
हावाहुरीले नोक्सान भएमा बाली विमा गरेका किसानले करिब लागत मुल्य जति राहत पाउँछन्। तर, यहाँका धेरै किसानले विमा पनि गरेका छैनन्।
गतसाता पूर्वी चितवनको जुटपानीमा अज्ञात समूहले केराका ३१ सय बोट काटेर सखाप पारेका थिए। यो घटनाको पीडा सेलाउन नपाउँदै किसानलाई प्राकृतिक प्रकोपले ठूलाे क्षति पुऱ्याएकाे अध्यक्ष पन्तले बताए।

प्रतिक्रिया दिनुहोस्