Logo

बजारमा सुनचाँदीको मूल्य स्थिर !



काठमाडौं, २५ बैशाख । साताको सुरुको मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोलामा ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा नै कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्