Logo

बजारमा यस्तो छ आज सुनको भाउ



काठमाडौं, २६ बैशाख । साताको चौथो दिन बुधबार सुनको मूल्यमा कुनै थपघट भएको छैन । आज छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार पनि सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्