Logo

आज बजारमा सुन मुल्य कति ?



काठमाडौं, २८ बैशाख । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ५९ हजार एक रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि पाँच रुपैयाँले बढेर चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्