Logo

बजारमा आज यस्तो सुन चाँदीको मूल्य !



काठमाडौं, ३१ बैशाख ।  साताको सोमबार सुनको मूल्य यथावत नै रहेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्