Logo

वर्षकै उत्कृष्ट बने म्यान्चेष्टर सिटीका प्रशिक्षक



काठमाडौं, २ जेठ । लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।

उनले पाँच अन्य प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका थिए । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल गर्दै सिटीलाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए ।

यससँगै आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्