Logo

एमालेले आकस्मिक बैठक किन बोलायो ?



काठमाडौं, २ जेठ । सरकार नेतृत्वकर्ता दल नेकपा एमालेले बुधबार अपरान्हका लागि पार्टीको अकास्मिक स्थायी समिति बैठक बोलाएको छ ।

माओवादीसँगको एकता प्रक्रियामा रहेको एमालेले बुधबार अपरान्ह ४ बजेका लागि बोलाइएको उक्त अकास्मिक बैठकले एकीकरण प्रक्रियामा देखिएको असमझादारी चिर्ने गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।

माओवादीले समान हैसियतमा बराबरी सदस्य माग गरेपछि रोकिएको भनिएको एकता प्रक्रियालाई अघि बढाउनृ उक्त बैठक सक्षम हुने दाबी गरिएको छ ।

साथै संघीय सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रमका बारेमा समेत सो बैठकले पार्टी एकताका लागि भएका छलफल र सहमति अनुमोदन गर्नसक्ने जनाइएको छ ।

आजै बेलुका बस्न लागेको पार्टी एकता संयोजन समितिको बैठकको तयारीका रुपमा पनि सो बैठकलाई हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्