Logo

मकालु एयरको कार्गो विमान दुर्घटनाः चालक र सहचालक दुवैको मृत्यु



हुम्ला, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ वामखर्कमा दुर्घटना भएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले विमान खार्पुनाथको वामखर्कका दुर्घटना भएको पुष्टि गरे । दुर्घटनामा चालक क्याप्टेन किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको छ ।

उनले उद्धारका लागि घटनास्थलतर्फ हेलिकोप्टर पठाइएको बताए ।

विमान दुर्घटना भएको जानकारी एक स्थानीयले दिएको हुम्लास्थित सहकर्मी नृप हमालले जानकारी दिए ।

मकालु एयरको सो विमान आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट सिमकोटको लागि उडेकोे थियो ।

विमानमा चालक दलका दुईजना सदस्यमात्र थिए । विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीले चलाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ ।

नाइन एनएजेयु कलसाइन रहेको विमान ११ सय ७० किलो सामान बोकेर हुम्लाको सिमकोटका लागि उडेको थियो ।

यसअघि विमान बाजुराको कर्णाली नदी किनारमा आकस्मिक अवतरण गराइएको खबर आएको थियो । सभारः इमेज खबरबाट

प्रतिक्रिया दिनुहोस्