Logo

एक साता भित्र पार्टी एकता टुंगो लगाउने सहमित प्रचण्ड र ओलीबीच सहमती



काठमाडौँ, २ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता टुङ्गो लगाउन भोली (बिहीबार) एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बिहान भएको वार्तामा संयोजन समिति बैठक बोलाउने सहमति भएको हो ।

ओली–प्रचण्ड वार्तामा पार्टी एकता सकेसम्म एक साताभित्रै टुंगो लगाउने सहमित पनि भएको छ । केहीदिन यता एकताका गतिविधि शून्य भएका थिए । एमाले र माओवादीबीच खटपट शुरु भएका समाचारहरु सार्वजनिक भएका थिए ।

तर, ओली–प्रचण्डबीच निकै सौहार्दपूर्ण वातावरणमा छलफल भएको र दुई पार्टीबीच कुनै खटपट नभएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्