Logo

अष्टेलियाको ८१ औं धनी नेपाली व्यक्ति शेष घलेको संघर्ष कथा यस्तो छ



काठमाडौं, १८ जेठ । उनी आफ्नो संघर्षको कथा बताउँदै थिए। कोलुहलतापूर्व उनलाई सूनिरहेका थिए धेरैजना। अहिलेको सफलताको राज स्पीडि गोन्जालेसको उपमाको बारेमा उनी खुल्दै थिए।

सन् १९९१ तिर खासमा उनी अष्टेलियाको एक होटेलमा सरसफाईको काम गर्ने कर्माचारी थिए। पाँच मिनेटमा होटेलको कोठा सफा गर्थै। यो काममा आफ्ना सहकर्मीसबैलाई उछिन्थे। यसरी काम गरेवापत उनी पुरस्कृत हुन्थे। सवैलाई उछिनेर काम गर्ने भएकोले उनलाई ‘स्पिीडी गोन्जालेस’ निक नाम राखिएको थियो।

हो त्यही स्पीडि गोन्जालेस अर्थात शेष घले। उनी फेरि पनि अष्टेलियामा ८१ औं धनी व्यक्तिको सूचिमा परेका छन्।

अष्टेलियाका धनि व्यक्तिहरुको सूची प्रकाशन गर्ने फाईनान्सियल रिभ्यू म्यागेजिनले अघिल्लो साता सार्वजानिक गरेको दुई सय धनी व्यक्तिको सूचीमा उनको नाम ८१ औं स्थानमा छ। अघिल्लो वर्ष १ सय १ स्थानमा रहेका उनी यसवर्ष २० औं स्थान माथी उक्लिदै यो स्थानमा आईपुगेका छन्।

म्यागेजिनका अनुसार उनको सम्पत्ति ८७ करोड ६० लाख डलर छ। एनआरएनको पूर्व अध्यक्ष समेत रहेका घलेको यो सफलता सन् १९९१ अघिको त्यही स्पीडि गोन्जालेसको संघर्ष कथाबाट शुरुभएको कुरा नेपालीमाझ सुनाईरहेका थिए।

युएनए नामक एक नेपाली संस्थाले डालसमा आयोजना गरेको कार्यक्रममा घले उक्त कथा त्यहाँस्थित नेपालीमाझ बाँड्दै थिए। दोस्रो पटक डलासमा देखिएका उनीसँगै श्रीमति जमुना घले पनि उपस्थित थिईन्। दर्शकदिर्घाबाट आफ्नै श्रीमानको संघर्ष कथा सुनिरहेकी उनलाई देखाउँदै घलेले भने, ‘यो मेरो एक्लैको सफलता होइन्। यसको खास हकदार मेरी श्रीमति अर्थात जमुना घले हुन्।’

अघिल्लो पटक एनआरएन अध्यक्षको रुपमा उपस्थित भएका र एनआरएनकै विषयमा बोलेका घले यसपटक आफ्नो जीवनको खास सफलताको अनुभव नेपालीमाझ बाँडिरहेका थिए।

सफलताको सबैभन्दा बलियो आधार शिक्षा रहेको बताउँदै थिए। दुई दशकअघि उच्च शिक्षा अध्ययनको शिलशिलामा अष्ट्रेलिया भासिएका घलेले एमविएमा माइनर थेसिस गरेका थिए। जमुनाले विजनेस मार्केटिडमा अध्ययन एवं काम गरिरहेकी थिईन्। उनीहरु त्यतिवेला कलेज पनि फुल टाईम र फुल टाईम काम गरिरहेका थिए।

विस्तारै उनीहरुले एउटा रेष्टुरेन्ट जोडे। सन् १९९६ ताकाको कुरा हो। केही अनुभव र पैशाको जोहो गरिसकेपछि उनीहरुले कलेज खोल्न लाईसेन्स लिने निर्णय गरे। जुन लगभग असम्भव नै थियो। भारतीयहरुले समेत लाईसेन्स पाएका थिएनन्। एक दुई जना चाईनिजले लाईसेन्स पाएका थिए कलेज खोल्नको लागि।

भाग्यवस लाईसेन्स प्राप्त भएपछि काम शुरु भयो। दुई वर्षसम्मको मेहनत र कडा परिश्रमले उनलाई एकपछि अर्को सफलता मिल्दै गयो। दुई वर्ष पछि उनले उच्च शिक्षा र विश्व विद्यालयको डिग्रीको लागि सम्वन्धन प्राप्त गरे जुन अर्को असम्भव कुरा थियो।

संघर्षमा उतार चढाव पार गर्दै पछिल्लो पटक होटेल व्यवसायमा प्रवेश गरेका घले अहिले धेरै नेपालीका लागि सपनाको देश अष्ट्रेलियाका ८१ औं धनी व्यक्तिको परिचय दिन सफल भएका छन्।

उनको सफलताको पछाडि कडा परिश्रम, लगनशिलता, पारदर्शीता जस्ता कुराको ठूलो भूमिका रहेको अनुभव छ। धेरै नेपालीहरु अधिकतम क्यास संकलन गरेर छिट्टै धनी बन्ने सपना देख्छन् जसमा आफ्नो विश्वास कहिल्यै नरहेको बताए।

एउटै र सानो कामबाट शुरु गरेर मेहनत अंगाल्न सके सफलता टाढा नरहेको उनी बताउँछन्। अमेरिकामा रहँदा आफू ८१ औं धनीको सूचिमा परेको कुरा पनि थाहा नपाएको बताउने उनी आफूले कर्म गर्ने र त्यसको मूल्यांकनको जिम्मा अरूलाई नै दिएको बताए। यसबारे आफूलाई सोध्दा पनि जवाफ दिन कठिन हुने उनको भनाई थियो।

भ्यालु क्रेट गर्ने आफ्नो जिम्मा भए पनि त्यसको मूल्याङ्कन अरूले गर्ने उनको बुझाई छ।

अबको योजना फिलान्थोपि क्षेत्रमा रूची रहेको घले बताउँछन्, ‘तर यसमा पनि धेरै सिक्नुपर्ने छ जुन भूकम्प र बाढी पहिरोको बेला राहत बाँड्न जाँदा मैले सिकेँ,’ एनआरएन अध्यक्ष हुँदा उनी राहत बाँड्न सप्तरी गएको अनुभव सुनाउदै थिए जुन सुन्न लाएक पनि थियो।

अत्याधिक तापक्रम थियो। गर्मी सहन नसकि पानीको वोटल टाउकोमा खन्याएको थिए। निकै दुःख थियो। विपतमा परेर घरबार बिहिन भएका र खानसम्म नपाएर विरामी परेकाहरु सडकमा परेका थिए। कम्ति विजोग थिएन नेपालमा।

त्यो देखेर हामी आफ्नै खल्तिको पैशा वोकेर र विदेशमा सवैसँग पैशा संकलन गरेर त्यहाँ राहत वाँड्न पुगेका थियौं। राहत वाँड्ने क्रममा स्वयं जनताका जनप्रतिनिधिहरुले आफ्ना नातेदार र राजनीनिक भोटरहरुलाई दोहोर्‍याएर लाईनमा बसाउने र राहत बाँडेको प्रत्यक्ष आँखाले देखियो।

कुनै परिवारमा एक जनाले राहत नपाएर विजोग देखिन्थ्यो। पीडितहरू र जनप्रतिनिधिबीच ढुंगामुडा चल्यो। खास पीडितहरुले राहत नपाएको थाहा हुँदा पनि हामीले त्यो भीडलाई थाम्न सक्ने सम्भव थिएन। तर यसमा उनीहरुको दोष भन्दा सिष्टमको खरावी स्पष्ट देखिन्थ्यो।

यस खालको प्रयोग देशमा सवै क्षेत्रमा देखिन्छ। नेपालमा आफ्नै खल्तिको पैशा आफैं गएर दिन पनि गाह्रो रहेको उनको भनाई छ। भूकम्प गएको वेला डलासवासीले लगाएको गुण आफूले नविर्सेको बताए।

डलासलगायत अमेरिका र विदेशभरका नेपालीहरुले आफूलाई विश्वास गरि आफ्नो एनआरएनको कार्यकाल सफल वनाईदिएकोमा धन्यवाद पनि दिन भ्याए।

कार्यक्रम छोट्याउदै घले भन्दै थिए। पछिल्लो पटक भएको राजनीतिक परिवर्तन र सरकार गठनबाट राजनीतिक स्थिरता कायम हुन्छ कि भन्ने आशा गरेको छु। र तपाईँ हामीले आशा गरौं, देशमा स्थिरता कायम होस र हामीलाई काम गर्ने वातावरणको सृजना होस भन्दै घलेले आशावादी निचोडका साथ आफ्नो सफलता र भोगाईको संघर्ष कथाको विट मारे।

प्रतिक्रिया दिनुहोस्