Logo

सुनचाँदीको भाउमा लगातार बुद्धि, आज कतिले बढ्यो ?



काठमाडौं, २७ जेठ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ५८ हजार ४ सय रुयैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला मूल्य ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज दुई रुपैयाँले बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आइतबार चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ काराबोर भएको थियो । आइतबार भने चाँदीको मूल्य सात सय ८० रुपैयाँमा कारोबार भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्