Logo

श्रीदेवी छोरी जाह्नवीको डेब्यु फिल्म ‘धडक’को ट्रेलर ट्रेन्डिङमा पर्न सफल



एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपुरको डेब्यु फिल्म धडकको ट्रेलर सार्वजनिक भएपछि फिल्म टप थ्री ट्रेन्डिङमा पर्न सफल भएको छ। फिल्मको ट्रेलरलाई लिएर फ्यानहरू निकै उत्साहित देखिन्छन्।

२० जुलाईमा यो फिल्मको रिलिज मिति तय गरेको छ र ट्रेलर रिलिज भएको १ दिनमै यस फिल्म टप थ्री ट्रेन्डिङमा पर्न सफल भएको छ। यो रिपोर्ट तयार पार्दा सम्म १४ लाख बढीले हेरिसकेका छन् ।

धडक मराठी फिल्म सैराटको हिन्दी रिमेक हो । मराठी फिल्ममा आकाश ठोसर र रिंकु राजगुरुले मुख्य भूमिका निभाएका थिए। २०१६ मा आएको सैराट मात्रै ४ करोड लगानीमा बनेको थियो र यो फिल्मले ११० करोड कमाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्