Logo

चौका दाउ सुटिङ रिपोर्ट : यस्तो छ सेक्सी आइटम डान्स गित….(भिडियो सहित)



शम्भूजीत बासकोटाका छोरा सौर्यजीत र मनोज राज भण्डारीले मिलेर बनाएको कमेडी फिल्म चौका दाउको सुटिङ अन्तिम चरणमा पुगेको छ ।पुर्णेन्दु झाको निर्देशनमा बनिरहेको उक्त फिल्ममा फष्ट जेनेरेशनका हस्ती कलाकार सन्तोष पन्त,तैयव शाह देखि लिएर फोर्थ जेनेरेशनका स्टारहरु बर्षा राउत, वील्सन विक्रम राई तथा रविन्द्र झा सम्म छन् ।

८० प्रतिशत छायाँकन सकिएको अवस्थामा यो फिल्मको एक गीतको सुटिङ भईरहेको थियो जहाँ बर्षा राउतलाई च्यालेन्ज गर्न अर्की डान्सर देखिएकी थिईन् ।

निर्माण टिमले उनको परिचय लुकाउनुका साथै अन्र्तवार्ता दिन समेत बन्देज गरिरहेको अवस्थामा हामीले सुटिङ रिपोर्ट कैद गरेका थियौ र केही कलाकारहरुसंग अन्र्तवार्ता पनि लिएका छौ । हेर्नुस् चौका दाउको सुटिङ रिपोर्ट :

प्रतिक्रिया दिनुहोस्