Logo

भारतमा भिषण सडक दुर्घटना १७ जनाको मृत्यु ३५ जना घाइते



काठमाडौं, ३० जेठ ।  भारत उत्तर प्रदेशकोमैनपुरीमा बुधवार विहान भएको सडक दुर्घटनामा १७ जनाका मृत्यु भएको छ । घटनामा परि अन्य ३५ जना घाइते भएको भातीय अधिकारीहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार जयपुरबाट फर्रुखाबाद जादै गरेको दुई तले बस (डबल डेकर) प्राइभेट बस सडकमा पल्टिदा दुर्घटना भएको थियो ।

घाइतेहरुको थप उपचारका लागि सैफई मिनी पीजीआई रेफर गरिएको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा १७ जनाको मृत्यु भएको र ३५ भन्दा बढी घाइते भएको सरकारी अधिकारीलाई उघृत गर्दै नवभारतटाइमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्