Logo

विश्वास नलाग्दो खबर : एक साता अगाडी गाडिएको शीशु जीवित अवस्थामा फेला



काठमाडौं, ३० जेठ । ब्राजिलमा एउटा मनमुटु नै हल्लाउने घटना सार्वजनिक भएको छ । त्यहाँको एक परिवारले आफ्ना नवजात शिशूलाई बगैचामा जिउँदै गाडेको रहस्य खुलेको छ ।

अज्ञात सुत्रले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गर्दा घटनाबारे खुलासा भएको छ ।

शिशुलाई सात घण्टापछि प्रहरीले जिवितै गाडिएको स्थानबाट खानिर बाहिर निकालेको थियो । उद्दार गरिएकी शिशू सकुशल रहेकी छन् ।

परिवारले नै शिशूको हत्याको प्रयास गरेको प्रहरीले दाबी गरेको छ । गाड्नु भन्दा पहिला शिशूको हत्याका लागि विषादी खुवाईको प्रहरीको आरोप छ ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । तर अहिलेसम्म कसैलाई पक्राउ गरिएको भने खुलाइएको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्