Logo

प्रधानमन्त्री ओली असार ५ गते चीन भ्रमणमा जाने पक्का, यस्तो छ पूर्व तयारी



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी ओलीको ६ दिने चीन भ्रमणको मिति घोषणा भएको छ । प्रधानमन्त्रीको भ्रमण मिति अगामी असार ५ देखि १० सम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । औपचारिक भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली खछ्याङ, राष्ट्रपति सि जिगं पिङसँग पनि भेट्ने कार्यक्रम रहेकाे छ ।

प्रधानमन्त्रीले बेइजिङ नेपाल चीन बिजनेस फोरम र बिज्ञहरूलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ । स्वदेश फर्कने क्रममा प्रधानमन्त्रीले तिब्बतको ल्हासामा प्रान्तीय अधिकारीसँग पनि ओलीको भेटवार्ता हुने छ ।

प्रधानमन्त्री ओलीको साथमा श्रीमती राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री बर्षमान पुन, भौतिक पुर्बाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल चीन जाने तय भएको छ । साथै सांसद तथा उच्च सरकारी पदाधिकारी पनि सहभागी हुने परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्