Logo

नयाँ पार्टी स्थापना दिवस : डा.भट्टराईद्वारा पार्टी छाडेर गएकाहरुलाई पुन: फर्कन आहृवान



काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर र्फकन आहृवान गरेका छन् ।

पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक भट्राईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गरेका हुन् ।

कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टीलाई अघि बढाउने दाबी समेत गरे ।

आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको, अरु सबै पार्टी यथास्थितिवादी भएको उनको दाबी छ ।

कार्यक्रममा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्