Logo

पतञ्जलिले सुरु गर्यो जिन्सको व्यापार, तीन हजार थरीका कपडा बजारमा ल्याउदै



काठमाडौं, १ असार ।  योग गुरु बाबा रामदेवको कम्पनी पतञ्जलिले सन २०१८ को अन्त्यसम्ममा स्वदेशी जिन्स कपडा उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

उच्चस्रोतका अनुसार यसवर्षको अन्त्यसम्म पतञ्जलिले आफ्नो टेक्सटाइल मैन्युफैक्चरिङ (कपडा उद्योग) शुरू गर्ने भएको छ । पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले एउटा टेलिभिजन अन्तवार्तामा उक्त कुराको खुलासा गरेका हुन ।

यसबारेमा पहिले नै घोषणा गरिएको थियो । तर अब चाही औपचारिक रुपमा काम शुरु भएको उनले बताए । पतञ्जलीले ‘परिधान’ ब्राण्डमा आफ्नो कपडा बजारमा ल्याउने छ । सोही अन्तर्वार्तामा बालकृष्ण कम्पनीका बारेमा थप योजनाका बारेमा पनि जानकारी दिएका छन् ।

बालकृष्णले बताए अनुसार कपडा उद्योगको सम्पूर्ण काम नोएडाबाट सञ्चालन हुने छ । जसका लागि यसअघि नै एउटा टोली कार्यरत छ । पतञ्जलीले कपडा निर्माणका काम आफैले नभएर तेस्रो पक्ष (थर्ड पार्टी) पार्टीसँग गराउने छ ।

तर पतञ्जलिले शुरुवातमा परिधानका लागि १०० एक्सक्लूसिव शोरूम खोल्ने छ ।

बाबा रामदेवका अनुसार परिधानमा करीब ३००० किसिमका कपडा उत्पादन गरिने छ । जसमा बच्चाका लागि कपडा, योगाको पोशाक, स्पोर्ट्सवेयर, टोपी, जुत्ता, तौलिया, तन्नालगायत रहनेछन्। त्यसका साथै अन्य कैयौं कपडाको सूची रहेको रामदेवले जानकारी दिएका छन् ।

पतञ्जलिको कपडाको शोरूम खुल्नु अगावै यसको बजारमा ठूलै चर्चा शुरु भइसकेको छ । पतञ्जलीले उत्पादन गर्ने जिन्सको विशेषताका बारेमा दुई वर्ष अगाडि नै प्रबन्ध निर्देशक बालकृष्णले जानकारी गराएका थिए । जसका कारण पनि भारतमा यसको व्यग्र प्रतिक्षा गरिएको छ ।

पतञ्जलीले उत्पादन गर्ने जिन्समा महिलाहरुका लागि स्वदेशी कल्चरलाई विशेष ध्यान दिएर पोशाक तयारी पारिने छ । जुन लगाउँदा पनि निकै आरामदायी हुने बालकृष्णले बताएका थिए । जसका कारण पनि मानिसहरु कहिले बजारमा पतञ्जलीका कपडा आउला भनेर प्रतिक्षारत छन् ।

साथै उनले जिन्स पश्चिमा आवधारणा भएका बताएका थिए । बालकृष्णाले भने, ‘विदेशी बस्तुसँग हामीले दुईवटा कुरा गर्न सक्छौ । त्यसलाई बहिष्कार गर्ने या आफ्नो तरिका ले अपनाउने। अहिले जिन्स धेरै मानिसका लागि प्रिय छ । यस्तो अवस्थामा त्यसलाई बहिष्कार गर्न सकिदैन । तर त्यसको स्टाइल, डिजाइन र कपडालाई भारतीय तरीकाबाट पतञ्जलिले बदल्ने छ ।’

प्रतिक्रिया दिनुहोस्