Logo

तीन महिनामा तेश्रो पटक उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन चीन भ्रमणमा किन गए ?



काठमाडौँ, ५ असार । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीन पुगेकै दिन उत्तर कोरियाली सर्वोच्च नेता किम पनि चीन पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ताको एक हप्तापछि उत्तर कोरियाली नेता उन मंगलबार बेइजिङ पुगेका हुन् । उनी ओलीभन्दा पहिल्यै चीन पुगेका हुन् ।

सन् २०१८ को जनवरी यता यो उनको तेस्रो चीन भ्रमण हो । बेइजिङमा रहँदा किमले चिनियाँ राष्ट्रपति सी जिङफिङसँग भेटवार्ता गर्नेछन् ।
कीमले बेइजिङमा दुई दिन बिताउने चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।

चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा किमले यसअघि भएको सिंगापुर शिखर सम्मेलनबारे छलफल गर्ने अपेक्षा गरिएको छ । सिंगापुर शिखर वार्तापछि दक्षिण कोरिया र अमेरिकाले कोरियाली प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपमा आणविक अस्त्रका नाउँमा भइरहेको युद्धको खेल निषेध गर्न आफू तयार रहेको उल्लेख गरेका थिए ।

अमेरिका र दक्षिण कोरियाले आगामी अगस्ट महिनाका लागि तय गरेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय गरेका थिए ।

आजै प्रधानमन्त्री केपी शर्मा ओली पनि जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओलीका चीनका राष्ट्रपति, प्रधानमन्त्रीलागयतसँग भेटवार्ता गर्नेछन् । तर, किम जोङ उन र ओलीबीच भेटवार्ता भने हुने छैन । दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्