Logo

प्रधानमन्त्री ओली चीन भ्रमणबाट स्वदेश फिर्ताः भने चीन भ्रमण पूर्ण सफल, छिट्टै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ



काठमाडौं, १० असार । ६ दिने चीन भ्रमण सकेर फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण उपलब्धीमुलक भएको बताउनुभएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले चीनसँग गरिएका सहमति र समझदारीले नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा हुने बताउनुभएको हो ।

उपयुक्त समयमा चिनिया राष्ट्रपतिले नेपाल भ्रमण गर्ने उहाँले जानकारी दिनुभयो । चीनसँग भएका व्यापार र पारवहनसम्बन्धी सम्झौताको प्रोटोकलमा आगामी जुलाईसम्ममा हस्ताक्षर हुने बताउँदै उहाँले त्यसपछि नेपालले चीनको बाटो भएर आयात निर्यात गर्न पाउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल छिमेकी मुलुकहरुसँग मित्रवत सम्बन्ध राख्न चाहेको बताउँदै उनीहरुका सम्वेदनशीलताबारे समेत सचेत भएको बताउनुभयो ।

त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग भएका सहमति र समझदारीबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओली ६ दिने भ्रमण पुरा गरी स्वदेश फर्किनुभएको हो ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा दुई मुलुकबीच विभिन्न सहमति र सम्झौता भएको जानकारी दिए । चीन भ्रमणका क्रममा दुई देशबीच १४ बुदे सहमति र सम्झौता भएको पनि उनले बताएका छन ।

ओलीले केरुङ–काठमाडौं रेल्वेसम्बन्धी परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, कार्गो सञ्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माणमा सहयोग, उर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य सम्झौता, मानव स्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्य तथा सम्बन्ध मजबुद बनाउने जस्ता सम्झौता भएको जानकारी दिएका छन ।

भ्रमणका क्रममा ओलीले चिनिया“ राष्ट्रपति सी जिन पिङ, चिनिया“ समकक्षी लि खछ्याङलगायतसंग भेटवार्ता भएको बताए । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका इश्वर पोखरेलले स्वागत गरेका छन । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको टोलीसहित प्रधानमन्त्री त्यसतर्फ गएका थिए । साभारः एविसी न्यूजबाट

प्रतिक्रिया दिनुहोस्