Logo

सन्दिप लामिछाने क्यानाडामा पनि धमाल मचाउँदैः पाँचो खेलमा पनि लिए ३ विकेट



काठमाडौं, २७ असार  । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आवद्ध टिम मोन्ट्रेल टाइगर्सले क्यानडामा क्यानेडीयन लिगमा तेस्रो जित निकालेको छ । गएराती भएको खेलमा उसले वेष्टइन्डिज ‘बी’लाई ६ विकेटले हराउँदै तेस्रो जित निकाल्न सफल भएको हो । दोस्रो चरणको खेलमा वेष्टइन्डिजले पहिले ब्याटिङ गर्दै दिएको १६३ रनको लक्ष्य ४ विकेट गुमाएर १५ बल बाँकी छँदै पुरा गर्‍यो।

उसका लागि सुनिल नरानेले सर्वाधिक ६१ रन बनाए। २५ बल खेलेका उनले ९ छक्का र १ चौका प्रहार गरेका थिए। यस्तै, मोएसिस हेनरिक र सिकन्दर राजाले समान ३२-३२ रन बनाए। ३ छक्का र २ चौका प्रहार गरेका राजा नटआउट रहे। यस्तै जर्दानले १२ बलमा ४ छक्कासहित २९ रन बनाए। वेष्टइन्डिजका लागि पिर्रेले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिज बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो।क्यानेडीयन लिग ग्लोबल टी-२० क्रिकेट लिग अन्तर्गत मंगलबार भइरहेको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चिएर ३ विकेट लिएका हुन्। सन्दिपले वेष्टइन्डिजका तीन ठूला ब्याट्समेनलाई आउट बनाए। सर्वाधिक ६२ रन बनाएका सामिर स्प्रिङ्गरलाई सन्दिपले वर्करको हातबाट क्याच गराए।

यस्तै, २३ रन बनाएका एबि किङ्सलाई पनि लामिछानेले बोल्ड आउट बनाए। निकोलाश पुरानलाई २५ रनमा वर्करकै हातबाट क्याच आउट गराए। टाइगर्सका लागि क्यानेडियन सेसिल परवेजले २ तथा हेलिगर र मालिङ्गाले १-१ विकेट लिए। जारी प्रतियोगितामा यो सन्दीपको आठौं विकेट हो।

सन्दीपले खेलेको अघिल्ला चार खेलमा खेलमा ५ विकेट लिएका थिए। सन्दीपले तेस्रो खेलमा २ विकेट लिएका थिए भने दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित १९ रन खर्चदै १ विकेट लिए। डेब्यु खेलमा भने सन्दीपले ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए। तेस्रो खेलमा पनि सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित १६ रन खर्चदै १ विकेट लिएका थिए।

यो लिगको लागि सन्दीप छैटौं चरणमा छानिएका थिए । भारतम सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) लिगमा दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीप क्यानाडाको लिगपछि आगामी अगस्टमा क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्