Logo

ऐश्वर्यालाई छोडेर अभिषेक बच्चन रुस पुगेपछि भारतीय मिडियालाई तनाव, पिता अमिताभ पनि रुसमै देखिए



बलीउडका महानायक अमिताभ बच्चन अहिले भारतमा छन् । उनी विश्वकप फुटवलको मज्जा लिन रुस पुगेका हुन् । उनीसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि रुस पुगेको समाचारले भारतीय सञ्चार माध्यममा स्थान पाएका छन् ।

उनिहरुसँगै अमिताभकीे छोरी, श्वेता बच्चन र उनका छोराछोरी नव्या नन्दन र अग्स्त्या नन्दासँग रमाइरहेको फोटो सामाजिक सञ्जालमा भारइल बनेको छ । तस्वीर अभिषेक बच्चन भर्खरै आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् ।

यी बच्चन परिवार अहिले सेन्टपिटर्सबर्गमा रहेको र उनीहरूले फ्रान्स र बेल्जियमबीचको फुटबल म्याच हेर्दै साँझको साँझको मजा लिएको अभिषेकले खुलासा गरेका छन् । यो उनीहरुको जमघटमाभने अमिताभकी बुहारी अर्थात अभिषेक बच्चनकी पत्नी विश्वसुन्दरी ऐश्वर्या बच्चन भने कतै देखिएकी छैनन् ।

आफ्नी श्रीमतीलाई छोडेर अभिषेक रुस पुगेको भन्दै समाचार  सामाग्री सार्वजनिक भइरहेको छ । हिजो अमिताभको परिवार पुगेर हेरेको खेलमा फ्रान्स विजयी भएको छ । फ्रान्सले बेल्जियमलाई सुन्यका विरुद्ध एक गोलले पाखा लगाउँदै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्