Logo

भूमि व्यवस्था मन्त्री अचानक कंलकीको मालपोत कार्यलय पुगेपछि कर्मचारीहरु दौडादौड



काठमाडौं, २७ असार। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बुधबार दिउँसो एक्कासि मालपोत कार्यालय, कलंकीमा पुगेका छन् ।

कार्यालयको अनुगमन गर्न उनी कार्यालयमा पुगेको हुन् । कार्यालयमा पुगेर उनले प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारी, अधिकृत विष्णुप्रसाद गौतम लगायतलाई मालपोतमा सेवाग्राहीले सास्ती भोग्नु परेको गुनासो आएको भन्दै सुधार गर्न निर्देशन दिए ।

खनालले मालपोतको विकृतिलाई रोक्नका लागि विशेष योजना ल्याउन लागिएको समेत उनले बताए । सेवाग्राहीले बिचौलियाका कारण आफूहरुले दुःख पाइरहेको बताएका थिए ।
कार्यालयका कनिष्ठ अधिकारीहरुले भने लेखापढी गर्ने ५ सय जना रहेको र इन्ट्री गर्ने चाहिँ २ जना मात्रै हुँदा समस्या हुने गरेको दाबी गरेका थिए । एविसी न्युजबाट

प्रतिक्रिया दिनुहोस्