Logo

एकचोटी पुग्नै पर्ने “नेपालको स्वर्ग” रारा ताल (फोटो फिचर )



राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो , प्रसिद्ध ताल हो ।

समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित मुगु जिल्ला सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ।

रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने ‘असला’ जातको माछा पाइन्छ ।

राजा महेन्द्रले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।

मुगु, जेठ । धर्तिको एउटा अलौकिक स्वर्ग हो, रारा । मुगु जिल्लामा अवस्थित राराको शब्दमा जति नै बर्णन गरे पनि कम हुन्छ । रारा पुग्ने जो कोहीले प्राकृतिक छटाको स्वर्गीय आनन्द लिदै आएका छन् ।

दृश्य त आफै सुन्दर छ नै सुनेको रारा भन्दा देखेको राराबाट पाइने आनन्द पनि बेग्लै छ ।

कसरी जाने रारा ?
रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो ।

तर, अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जाँन्छ ।

काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

खलंगाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ ।

सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।

त्यसका पनि फोरहव्हील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ । हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ ।

ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्नेहो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नु पर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ ।

डाँफे लेकबाट जुम्लाको ठूला ठूला पाटन देख्न सकिन्छ । पाटनमा भेडा चरेको मनोरम दृष्यले खुट्टा दुखेको अनुभव नै हुँदैन । डाँफे लेकबाट करिब एक घन्टाको हिडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ । जहाँ चिया नास्ताको लागि एक दुई वटा होटल मात्रै छ । जहाँ जडबुटी मसला चियाको स्वादमा चिया खान पाइन्छ ।

कर्णालीको आर्थिक कायापलट गर्न सक्ने रारा मात्रै होईन, रारा क्षेत्र स्थानीय जीवनशैली, बन्यजन्तु, स्थानीय खाना र फरक खालको भू बनावटले पनि अलौकिक र मनमोहक छ ।

रारा तालको एक फन्को लगाउन तीन घण्टा समय खर्चिनुपर्छ । १६ वर्ग किलोमिटर ताल वारपारको लम्बाई छ ।यहाँ बर्षनी हजारौँको संख्यामा नेपाली लगायत बाह्य विभीन्नमुलुकका पर्यटक साथीहरु , जोडीहरु लगायत सपरीवार जाने गर्छन ।

कसरी जाने रारा ?

रारा पदयात्रा हवाई र स्थल दुबै मार्गबाट जान सकिन्छ । समय थोरै भएर पनि जाने इच्छा छ भने हवाइ मार्ग रोजौँ । काठमाडौंबाट नेपालगन्ज हवाजहाज र नेपालगञ्जबाट मुगुको ताल्चा बिमानस्थलसम्म हवाइजहाजले जोडेको छ । एक साताको प्याकेजमा यो क्षेत्र फन्को मार्न सकिन्छ । सफा मौसम भयो भने रारा घुमेर एक सातामा आनन्दको अनुभुति लुटेर जहाजबाटै राजधानी फर्कन सकिन्छ ।

पैदलमार्ग : राजधानीबाट सुर्खेतसम्म बस र त्यसपछि कालीकोटको सदरमुकाम मान्मासम्म अर्को बस हुँदै मुगुको सदरमुकाम गमगढी पुग्न सकिन्छ । गाडीमा जांदा प्लेनमा भन्दा अलिधेरै समय खर्चिनु पर्छ ।

तर बाटोमै पर्ने तीन हजार बर्ष अघि नेपाली भाषाको उत्पत्तिको थातथलो जुम्लाको सिन्जा उपत्यका घुम्ने बोनस पाइन्छ, जो प्लेनमा जादा संभव छैन ।

तर गाडीबाट यात्रा गरिरहनु भएको छ भने राराबाट फर्कदा सिंजा पस्ने कि जांदा नै भ्याउने हो पूर्ण रुपमा तपाईको हातमा हुनेछ ।जुम्लाको मार्सी धानको चामल र सिमी पनि रारा पदयात्राका कोसेली बन्न सक्छन् ।

तीला नदीका असला माछा स्याउ र स्याउका परिकार, मह, अफ सिजन भेजीटेबल, केसर, खास गरेर स्याउबाट बनेको बिशेष ब्राण्डी–मदिरा पिउनेहरुका लागि जुम्ला महत्वपुर्ण गन्तब्य हो ।

अनेक थरि च्याउ, जडिबुटी मात्र होइन, कर्णाली अंचलकै कायापलट मुगुको रारा, डोल्पाको फोक्सुण्डो र हुम्लाको प्राकृतिक स्की प्रबद्धन र बजारीकरणबाट हुनसक्छ ।

खर्च कति ?
रारा घुम्न जाने सोचमा हुनुहुन्छ भने खर्च धेरै हुने गन्तव्यको रुपमा नलिदा हुन्छ । रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ ।

काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जूम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारातालसम्म हिडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ ।

रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ । फेरि सोही रुटमा पर्कदा करिब १७ हजारमा काठमाडौ आइपुगिन्छ । होइन म फर्कदा हवाई यात्रा गर्छु भनेपनि कुनै बढी रकम लाग्दैन ।

किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल ४२ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दूई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन । तर, नेपालगज्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलंगाबाट गाडी रिजर्भ गरेर जाँदा भने तीन हजार रुपैयाँसम्म बढी लाग्न सक्छ ।

रारा जान उपयुक्त समय कहिले ?
रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् 

प्रतिक्रिया दिनुहोस्