Logo

के सजाय ठीक होला ? ६ वर्षीया भतिजीलाइ बलात्कार गर्ने युवक



सप्तरी , ११ साउन । ६ वर्षीया बालिकाले जब आफ्नो आमालाई बलात्कृत भएको सुनाइन् तब उनको होसहवास उड्यो। यो घटना सप्तरीको कञ्चनरुपमा हालै घटेको हो। रुँदै गरेकी छोरीले बजारबाट घर फर्केकी आमालाई बलात्कारको घटना पहिलो पटक नभएर बारम्बार हुने गरेको बताए पछि उनी छाँगाबाट खसिन्।छोरीको कुरा सुनेपछि उनले बालिकासँग सोधपुछ गरिन्। त्यसपछि झन् आश्चर्यजनक कुरा खुलासा भयो। बालिकाका अनुसार उनीमाथि यस्तो घटना गर्ने अरु कोही नभएर २५ वर्षीय उनकै सहोदर काका थिए।

काकाले खानेकुराको लोभ दिएर, धम्की दिएर, डरत्रास देखाएर धेरै पटक बलात्कार गरिसकेको उनले खुलासा गरिन्। बालिकाको काकाले आमा-बाबु घरमा नभएको बेला आफ्नी भतिजीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ।कराउन खोज्दा मुख थुन्ने गरेको पीडितले बताइन्। पीडितको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी मंगलबार उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए।बालिका जन्मिएपछि उनका आमाबुवा चार वर्ष अघि गाउँबाट कञ्चनरुप बजार आएर व्यापार व्यावसाय गर्न थालेका थिए। कञ्चनरुप बजारमा घर बहाल लिएर बसेका पीडितका बुवाले छोरीको संरक्षणका साथै पढाइका लागि भाइलाई आफ्नै भाँडाको घरमा राखेका थिए।भाइ घरमा रहेका बेला पीडितका बुवाआमा दिनभरी घरदेखि टाढा रहेको पसल सञ्चालन गर्न जान्थे। घरबाहिर काममा गएका बेला घरकोठामा कोही नभएको मौका पारी डरत्रास देखाई संरक्षणका लागि राखेका काकाले नै बालिकाको बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

19

प्रतिक्रिया दिनुहोस्