Logo

१३ वर्षीया किशोरी मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका



कञ्चनपुर , ११ साउन। भीमदत्त नगरपालिका २ उल्टाखाममा एक किशोरी मृत फेला परेकी छन् । सरस्वती उच्च मावि उल्टाखाम महुलिया नजिकै १३ वर्षीया निर्मला पन्त मृत फेला परेकी हुन् ।

बिहीबार दिउँसो पढ्न साथीको घरमा गएकी निर्मलाको शव आज बिहान स्कुल नजिकैको उखु बारीमा फेला परेको हो । दिनभर पढेर साथीको घरबाट साँझ घर जान भनेर हिडेकी थिईन् ।

रातभर नफर्किएकी निर्मलाको शव आज बिहान उखुबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टले जानकारी दिए । घर फर्किने बेला उनलाई ३/४ जनाको समूहमा आएका केटाहरुले नियन्त्रणमा लिएर बलात्कारपछि हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । निर्मला सरस्वती स्कुलमा कक्षा ९ मा पढ्दै आएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्