Logo

प्रशासनको हेलचेक्र्यार्ईका कारण १३ वर्षीय बालकको मृत्यु



गुल्मी , ११ साउन । को रिडी रिडीमा सडक विसतार गर्ने क्रममा असारको अन्तिमसम्म ठेकेदार र कम्पनीको चरम लापर्वाही र स्थानीय प्रशासनकोहेलचेक्र्यार्ईका कारण एक बालकको ज्यान गएको छ ।तानसेन तम्घास सडक खण्डको रिडी बजार देखि केही माथि असारे बिकासको पैसा सक्ने काममा केन्द्रित रहेको दिपक कन्ट्रक्शन प्रालि रुपन्देहीका डोजर अपरेटरको लापर्वाहीका कारण रुरु गाउँपालिका–१ रिडी बजारका १३ वर्षीय बालक किर्ताथ अधिकारीको ज्यान गएको हो ।

रिडी बजारका बस्तीहरुको ख्याल नगरी असारे बिकास, अर्थात बजेट सक्न त्यस निर्माण कम्पनीले असारको ३१ गतेसम्म डोजर चलाएको थियो । डोजर मात्रै चलाएर गल्ती गरेन त्यस ठाउँमा कम्पनीले उत्खनने गर्दै माटो बेचेर फाइदा लिने उद्देश्यले उत्खनन् गरिएको माटो सडक छेउमा थुपारेर राखिएको थियो ।

उही माटो अविरल वर्षतका कारण असार २४ गते राती वगेरतल रिडी बजारका तीन वटा घरमा बगेर लाखौंको क्षती हुनुका साथै विस्थापित भएका थिए । अर्को दिन यहाँका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालसहित सुरक्षा निकायका प्रमुखहरु, त्यस गाउँपालिका र स्थानीय जनप्रतिनिधिहरु घटना स्थलका बारेमा बुझ्न गएका थिए ।

विस्थापित घर परिवारलाई कुल क्षतिको ५० प्रतिशत दिलाएका थिए । माटो ढुङ्गा बगिरहेको बेला सुरक्षा निकाय र इन्जिनियरसमेत त्यति वेला पुगेका थिए, र उनिहरुले उच्च जोखिममा परेका ती घरहरु भत्काउनु पर्ने सुझाव दिएका थिए । ती घरहरु भत्काउँदा त्यससँग जोडिएका अन्य घरहरुमा हुने जोखिमका बारेमा कुनै सावाधानी अपनाउन लगाईएन । खतराको संकेत एउटा रातो रिवन टाँग्न र सुरक्षाकर्मी राख्न आवश्यक ठानेनन् ।

सोही कारण असार ३१ गते बिहानै देखि डोजरवाला गएर त्यहाँको भौतिक संरचना भत्काउन सुर गरे । जनताको वा जुन कोही संस्थागत निकायको भौतिक संरचना डोजरले भत्काउँदा न्युनतम सुरक्षा, सुचना र सावाधानी अंकित संकेतहरु राखिनु पर्ने हुन्छ । सम्भावित दुर्घना हुन सक्ने घरहरुलाई बाहिर सुरक्षित स्थानमा राखिनु पर्ने हुन्छ ।

तर, असार ३१ गते विहान करिब साढे ६ बजेबाट त्यस कम्पनीले डोजर लगाएर जोखिममा परेका ती घरहरुसँगै त्यसको कोखमा रहेको शौचालय तलको भाग ढल्ने गरी डोजरले खनेको थियो । डोजर चालक यति खने पछि स्वतः आफै ढल्छ भन्ने निश्चित ठानेर अलि पर सुरक्षित ठाउँमा गएर बसेका थिए ।

ठिक सोही समयमा शौचालयका प्रयोगकर्ता राधिका अधिकारीकी १३ वर्षीया छोरा किर्ताथ करिब साढे आठ बजेतिर विस्तराबाट उठेर शौचालय छिरे । उनी छिर्न नपाउँदै त्यस शौचालय गल्र्यामगुर्लुम ढल्यो ।

त्यसरी पुरिएका किर्ताथ एक पटक ‘आमा’ भनेर चिच्चाए, त्यसपछि उनी बोल्न सकेनन् । अचेत अवस्थामा रिडी स्वास्थ्य चौकीमा पु¥याईयो । त्यहाँबाट उनलाई पाल्पाको मिशन अस्पताल पु¥याइयो । त्यहाँ उपचार सम्भव नभए पछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पनि पु¥याईयो ।

उनको ९९ प्रतिशत प्राण गई सकेको डाक्टरको सुझाबका बाबजुद् पनि उनकी आमा राधिका अवस्था र प्रशासनको बेवस्थालाई ध्यानमा राखी आफन्तजनले असार ३१ गते देखि हिजो साउनको ९ गतेका दिनसम्म दिनको ५० हजार खर्च गर्दै आईसियु कक्षमा राखिन् । उनको मृत्यु निश्चित थियो । नभन्दै ९ गतेका दिन उनलाई डाक्टरले मृत्यु भएको घोषणा गरे ।

इलाका प्रहरी कार्यालय रिडीका प्रमुख प्रहरी निरिक्षक भिमबहादुर कार्कीले भने– ‘उनको पोष्टमार्टम पश्चात आज अन्त्यष्टि गरिदै छ ।’ बैदेशिक राजगारीका लागि कतार पुगेका अर्को दिन नै घर फर्किनु परेको घटना सायदै विरलै होला ।

किर्ताथका बुबा कुमार अधिकारी कतार अघिल्लो दिन पुगेका थिए । त्यही बेलामा छोराको त्यो दुखत खबर सुनेर ८० हजारको आकष्मिक टिकट काटे र सोही दिन नेपाल फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्