Logo

उद्योगबाट काठ चोरेर लैजाँदै ट्रकसहित ५ जना पक्राउ



भक्तपुर , ११ साउन । फर्निचर उद्योगबाट काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।सूर्यविनायक नगरपालिका ४ दधिकोट एकताचोकमा शिवजी श्रेष्ठको खाँडादेवी फर्निचर उद्योगको कम्पाउण्डबाट सालको काठ चोरी गरेर लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अन्दाजी २५ क्यविक फिट काठ बा १ ख ८६१० नम्बरको मिनी ट्रकमा राखेर लैजाँदै गर्दा चालक काभ्रे फूलबारीका विकास तामाङ,

दोलखा गौरीशंकर ६ का भीम तामाङ, सिन्धुली घ्याङ्लेक ७ का राजकुमार थोकर र टल्के थोकर र रामेछाप सुनपाती २ का दीपक खपाङ्गी पक्राउ परेका हुन् ।

बिहीबार राति सवा १ बजे भक्तपुरको बालकोट चोकमा गस्तीको टोलीले काठ र गाडीसहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्