Logo

कलंकीको गेष्ट हाउसबाट बलात्कारको अभियोगमा दुई प्रहरी नै पक्राउ



काठमान्डौँ , १३ साउन ।  प्रहरीले एक युवतीलाई गेष्ट हाउस लगेर बलात्कार गरेको अभियोगमा सशस्त्र प्रहरीका दुई जवानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका जवानद्वय रामशरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।

कलंकीको आशीर्वाद गेस्ट हाउसमा लगेर उनीहरुले युवतीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्