Logo

दिनहुँ बढ्दै बलात्कारक घट्ना: ५ वर्षीया बालिकाको बलात्कार आरोपमा एक जना पक्राउ



काठमान्डौँ , १३ साउन ।  बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो। सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरले जनाएको छ ।

‘बालिका सुतिरहेको बेला घरभित्र पसेर सापकोटाले बलात्कार प्रयास गरेको उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले सापकोटालाई आवश्यक कारवाहीलाई लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्