Logo

वीरगञ्जमा कर वृद्धिको विरोधमा उद्योगी सडकमा



वीरगञ्ज , १३ साउन । वीरगञ्ज महानगरपालिकाले एक हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै वीरगञ्जका उद्योगी व्यवसायी सडकमा आएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघको आहृवानमा उद्योगी व्यवसायीहरुले विरोध र्‍याली निकालेका हुन् । संघले करको दर पुनरावलोकनका लागि महानगरपालिकालाई ७ दिने अल्टिमेटमसमेत दिएको छ ।

घण्टाघरबाट निकालिएको र्‍याली माइस्थान, आदर्शनगर हुँदै वीरगञ्ज महानगरपालिकामा पुगेको थियो । र्‍यालीमा सहभागीहरुले कवाडी कर खारेज गर, औद्योगिक उत्पादनमा लगाएको कर खारेज गर, सम्पत्ति, घर जग्गा करमा गरेको वृद्धि फिर्ता गर, यातायात तथा ट्रान्सपोर्टमा गरिएको कर वृद्धि फिर्ता गर, नयाँ सवारी कर फिर्ता गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

महानगरपालिकामा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सांसद ओमप्रकाश शर्माले नगर प्रमुख विजयकुमार सरावगीलाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा आर्थिक वर्ष २०७५/०७६ का लागि कायम गरेको कर, शुल्क, दस्तुर असुलीको निर्णय पुनरावलोकन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्