Logo

पिताको किरिया गर्न छोरीलाई रोक लागाउदै यसरी दिइयो धम्कि



पोखरा, १४ साउन ।  पोखरामा एक छोरीलाई आफ्नो बुवाको किरिया बस्न रोक लगाइएको छ। शुक्रबार कार दुर्घटनामा परी पिता मधुकर सुवेदीको निधन भएपछि हिजो शनिबार दाहसंस्कार गरिएको हो। दाहसंस्कारको क्रममा मृत सुवेदीकी १६ वर्षीया छोरी ममता सुवेदीले दागबत्ती दिएकी थिइन्।

यद्यपि उनले आफ्ना बाबुको किरिया बसन भने पाइनन् ।तक सुवेदीका भाइ हरि सुवेदी अहिले किरिया बसेका छन्। ममता आफु किरिया बस्न खोजे पनि आफन्तले काका र भतिजीलेसँगै किरिया गर्न नमिल्ने भन्दै उनलाई आग्रह गरिएको छ ।आफन्तहरुले मृतककी छोरि किरिया बसे आफुहरु बसेको किरिया भङ्ग गर्ने धम्कि समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्