Logo

फिल्म बनाउने तयारीमा धुर्मुस्–सुन्तली



काठमान्डौँ , १५ साउन । हास्यकलाकार धुर्मुस–सुन्तली अब फिल्म बनाउने भएका छन् ।यसअघि हाँस्य टेलिश्रृखला बनाएर चर्चा कमाएका (धुमुस–सुन्तली) अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीले अब भने ठूलो पर्दाका फिल्म बनाउने भएका छन् ।

धेरै समयदेखी समाजिक कार्यमा संलग्न रहँदै आएको यो जोडीले टेलिश्रृखला भद्रगोल टिमका कलाकारहरुसँग मिलेर ठूलो पर्दाको फिल्म बनाउन लागेका हुन् ।

केही दिनअघि आफ्नो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेको र अहिले स्कृप्ट लेखनमा रहेको कट्टेलले बताएका छन् ।स्क्रिप्टका लागि दिपक आचार्य, अर्जुन घिमिरे ९पाँडे० मनोज गजुरेल र कुमार कट्टेल ९जिग्री० लागि परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्