Logo

सप्तरीमा भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा: सेफ्टीट्याकीमा कुहिएका अवस्थामा शव फेला



राजविराज, १६ साउन । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार ंंंसम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

बेचनीदेवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा घरपरिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका कारण देवर पञ्चदेव साह र छोरा धर्मेन्द्र साह तथा स्थानीय जिवछ साहसहितकाले हत्या गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रहरीको अनुसन्धानबाट गर्भवती बेचनीदेवीसहित हत्या गरिएका दुई वर्षीय छोरी प्रतिभा साह र पति सूर्यनारायण साहलाई रक्सी खुवाएर दुवै जनालाई घाँटी थिचेर हत्या गरी बोरामा बाँधेर नहरमा गाडिएको शव दुई दिनदेखि पत्तालगाउने कार्य जारी रहेको सप्तरी प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

साउन ७ गते पक्राउ परेका हत्यामा संग्लगन रहेका प्रतिवादी पञ्चदेव, धर्मेन्द्र र थापा भनिने जिवछ साहबाट अनुसन्धानका क्रममा हत्या गरेको खुल्न आएकाले सूर्यनारायण र भतिजाको शव खोजी कार्य जारी रहेकाले प्रतिवादीहरूलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतवाट म्याद थप गरी अनुसन्धान कार्यसमेत थालिएको सप्तरी प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

कसरी भयो हत्या ?

अभियुक्तले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानअनुसार दाजुभाइबीचको पारिवारिक झगडा तथा अंश विवादका कारण सूर्यनारायण, पत्नी बेचनी र छोरी प्रतिभाको सामूहिक हत्या भएको हो । जेठ २६ गते साँझ गाउँकै हटियाछेउको बाँसघारीनजिक प्रमिलाबाहेक पक्राउ परेका धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साह तथा फरार रहेका अभियुक्त पूर्वनियोजित रुपमा रक्सी सेवन गर्न बसेका थिए । उनीहरुले छोरीसहित हटियातिर हिँडेका सूर्यनारायणलाई पनि रक्सी खान बोलाए ।

पूर्वयोजनाअनुरुप अभियुक्तले थोरैथोरै खाए भने सूर्यनारायणलाई थपीथपी खुवाए । अँध्यारो गाढा भएपछि रक्सिको नशामा लट्ठिएका सूर्यनारायणको घाँटी थिचेर हत्या गरियो, त्यसपछि छोरी प्रतिभाको पनि हत्या गरियो । दुवैका शवलाई बोरामा बाँधेर नहरको साइफनभित्र गाडिदिए अभियुक्तहरु घर फर्के । त्यति बेला रातिको करिब ९ बज्दै थियो । सूर्यनारायणकी चार महिनाको गर्भवती पत्नी बेचनी घरमा सुतिरहेकी थिइन् । नागरिकमा खबर छ ।

एकैचोटि उनीमाथि आक्रमण भयो । उनको पनि घाँटी थिचेर हत्या गरियो । सुरुमा बेचनीको शव पनि साइफनभित्रै गाड्ने योजना थियो तर गाउँबाट झन्डै दुई किलोमिटर टाढा रहेकोले आँगनमै रहेको शौचालयको सेफ्टी ट्यांकीभित्र बेचनीको शव फालियो । सेफ्टीट्यांकीभित्र फालिएको शकुहिएर गनाउन थालेपछि गाउँलेहरुले जेठ ३१ गते राति प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मात्र उक्त हत्याकाण्डको रहस्य खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्