Logo

“एक हजार जरिवाना ” र ‘१ महिना कैद’ छल्न फरार : २५ वर्षपछि पक्राउ



लमजुङ  , १६ साउन।  २५ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ ।

जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

२०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले पछिल्लो समय तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्