Logo

यि वृद्धको , ओढारमै बित्यो पुरै जिन्दगी



चितवन , १६ साउन ।चितवनको राप्ती नगरपालिका १३ मा रहेको ओढारमा बस्दै वृद्ध चेपाङको करिब १० वर्षअघि श्रीमतीको मृत्यु भयो । उनी बस्ने ओढारनजिकै जनता आवास कार्यक्रमले बनाइदिएको उनको छोरीको घर छ । यस बर्षको जाडो पनि उनले ओढारमै बसेर काटे ।

एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन् । खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन् । त्यसबाहेक वरिपरि कसैको घर छैन । नभएको बेला भोकै बस्ने गरेको उनले बताएका छन् । ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन’ उनले भने, ‘नत्र उनीहरू नै भोकै पर्छन, म बूढोले कहाँबाट पाउनु ?’

प्रतिक्रिया दिनुहोस्